पोर्टो रिकोमा शत्तिशाली भूकम्पको धक्का

१२ माघ २०७६, आईतवार १३:५३


वासिङ्टन, सिन्ह्वा , शनिबार क्यारेबियन द्वीप पोर्टो रिकोमा ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार गत डिसेम्बरयता दैनिकजसो पोर्टोरिकोमा भूकम्पका धक्का महशुस गरिएको बताइएको छ ।
स्थानीय समय अनुसार अपराह्न ४ बजेर २० मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु जमिनको सतहबाट करिब १६ मिटर गहिराईमा रहेको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाउँदै स्थानीय मानिसहरु त्रसित भएर घरबाहिर निस्केको स्थानीय अधिकारीहरुले बताएका छन् ।