आज हिमाली भुभागमा केहि स्थानमा बर्षा र हिमपात हुने

१२ माघ २०७६, आईतवार ०९:५८


काठमाडौँ , आज आइतबार उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको बताइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भेगका केही स्थानमा हल्का बदली रहने र अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
आज बिहानैदेखी तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । आज बिहान काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि कुहिरो लागेको छ र चिसो बढ्दै गएको छ। आज हिमाली भुभागमा केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।