
काठमाडौँ , गएराति काठमाडौंको ग्राण्डी अस्पतालमा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको ७६ बर्षको उमेरमा मृत्यु भएको छ । पाल्पाका पूर्व सांसद समेत रहेका उनी मृगौलाको समस्याबाट पिडित थिए ।
उनले लामो समयदेखि डायलायसिस गर्दै आएका थिए । उनी २०४८ सालमा पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०५१ देखि २०५६ सालसम्म कांग्रेस पाल्पाको जिल्ला सभापति भएका थिए।
