
काठमाडौं , चलचित्र ‘एन्टी हिरो’ मा अभिनेता अनमोल केसीले अभिनेत्री जसिता गुरूङसँग रोमान्स गर्ने भएका छन् । अभिनेता भुवन केसीले निर्माण गर्न लागेको उक्त चलचित्रमा जसितालाई अनुबन्धन गरेसँगै यी दुईको जोडी पहिलो पटक चलचित्रमा देखिने भएका हुन् । एक्सन, लभस्टोरी जनरामा बन्ने यस चलचित्रलाई नयाँ निर्देशकले निर्देशन गर्ने जनाइएको छ ।
चलचित्रमा जसिता र अनमोलसँगै अभिनेता भुवनको समेत प्रमुख भूमिका रहनेछ । चलचित्र १ वैशाखबाट फ्लोर जाने बताइएको छ ।
