
काठमाडौं , राष्ट्रियसभामा रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान भैरहेको छ । बिहान १० बजेदेखि सातै प्रदेशको तोकिएका स्थलनमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार मतदान बिहीबार अपरान्ह ४ बजेसम्म जारी रहनेछ।
राष्ट्रियसभाका एक तिहाइ सांसद्को पदावधि यही फागुन २० मा सकिँदैछ। तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि निर्वाचन हुँदैछ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन्।
