
काठमाडौं , नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । सुन प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
नेपाली बजारमा हिजो ७४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले बढ्दै ७५ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर आज ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार हिजो तेजाबी सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै नेपाली बजारमा चाँदीको भाउ पनि तलमाथि हुने क्रम रोकिएको छैन । हिजो ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैयाले बढेर ८ सय ८५ रुपैयाँ कायम छ ।
