
काठमाडौं , ज्ञानेन्द्र अधिकारीको गीत विद्रोह सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत र गायन स्वयं अधिकारीको रहेको छ। युवाहरू वैदेशिक रोजगारमा जाने चलन ठीक नभएकोले यो चलनलाई निरुत्साहित गर्नुपर्ने भाव गीतमा रहेको छ।
गीतमा अष्ट्रेलिया, युरोप, अमेरिका देखि खाडी मुलुकसम्म दुःख गर्ने नेपालीलाई यो व्यवस्था ढाल्नुपर्छ भन्दै स्वदेशमा फर्कन आह्वान गरिएको छ। केही समय अघिमात्रै देशमा ठूलो युद्ध भोगेर आएको देशमा सोचेअनुरुपको उपलब्धि हुन नसकेको पीडा गीतमा रहेको छ। भिडियो
