हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ

७ माघ २०७६, मंगलवार १४:४७

संखुवासभा, विप्लबका कार्यकर्ता संखुवासभाबाट पेस्तोल सहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट पेस्तोल सहित मादी नगरपालिका ५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको छ।
तमाङलाई स्थानीय देउमान राईको गोठबाट पक्राउ गरिएको बताइएको छ । उनको साथबाट प्रेसर कुकर बम एकथान, सकेट बम एकथान, सुतलीबम एकथान, डेटोनेटरसहित विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने तारहरु सहित पक्राउ गरिएको हो। त्यस्तै सेनाको डिस्पोजल टोलीले त्यहाँ रहेका विस्फोटक पदार्थहरु डिस्पोज गरेको छ।