
काठमाडौं , संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी– वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यलाई भारतमा सम्मान गरिएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाउनु भएका राजोपाध्यलाई भारतको राजस्थानमा यहि २०७६ माघ ५ गते सम्मान गरिएको हो ।

एन आर बि फाउण्डेशन एवं भब्या इन्टरनेशनलले अन्तराष्ट्रिय मैत्री सम्मेलनको अबसरमा भारतको राजस्थानमा भएको एक समारोहमा राजोपाध्य सम्मानित् हुनु भएको हो । राजोपाध्यले संगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको बताईएको छ ।
