
यस बर्ष रिलिज भएका चलचित्र असफल भएसँगैनायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला मौन रहेकिछिन्। उनले चलचित्रमा विचारपूर्वक हात हाल्नुपर्ने देखिन्छ । होइन भने उनको करिअर गम्भिर संकटमा पर्न सक्छ ।
साम्राज्ञीले आफ्नी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतमा प्रेमीसँग मोडलिङ गरेकी हुन् ।
साम्राज्ञी यतिबेला आफ्ना प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन् । यसैविच, साम्राज्ञीले प्रेमीसँग एक म्यूजिक भिडियोमा समेत काम गरेकी छिन् ।
साम्राज्ञी आफैले देवांशसँगको तस्वीर सार्वजनिक गर्दै म्यूजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन् । साम्राज्ञीले आजसम्म म्यूजिक भिडियोमा मोडलिङ गरेकी थिइनन् । यसैले पनि उनले यो निर्णय किन गरिन् भन्ने प्रश्न उनको फ्यानहरुमा उठ्न सक्छ ।
