
सिन्धुपाल्चोक , आज बिहान मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताए। ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ। त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए। इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार प्रहरी र स्थानीयवासीको सहायताले आगो नियन्त्रणमा आएको हो ।
