
काठमाडौं , नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल चलिरहेको छ । आइतबार बिहान प्रचण्ड प्रधानमन्त्री निवास पुगनु भएको हो ।
दुई अध्यक्षबीच छलफल जारी रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। प्रचण्ड पौने ९ बजे बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ।
भोलीका लागि प्रतिनिधि सभाको बैठक तोकिएकाले सभामुखका उम्मेदवार आजसम्म टुंगयाइ सक्नुपर्ने दवाव नेकपालाई छ। स्रोतका अनुसार ओली–प्रचण्डको यसै छलफलबाट सभामुखका उम्मेदवारको टुंगो लाग्न सक्छ।
