चापागाईको मायालु रापाकोट’ म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

५ माघ २०७६, आईतवार ०९:३२

काठमाडौं, लोकदोहरी गायक लक्ष्मण चापागाई र गायिका सिर्जना सुवेदीको स्वरमा रहेको नयाँ लोकदोहरी गीत मायालु रापाकोटको’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक चापागाईको लय तथा शब्द रहेको यस गितमा संगित संयोजन भने अर्जुनकुमार पोखरेलले गरेका छन् ।

सन्तोश भुजेलले निर्देशन गरेको यस गीतको भिडियोमा लक्ष्मण भुसाल, खुशी रामदा, प्रतिसा लामा र देबेन्द्र सिल्वाल रहेका छन् ।भिडियोमा आरती सुवेदी र सन्तोश सुवेदी, इश्वरी चापागाई , निरु चापागाई, अतिक्षा ज्ञवाली, सवृद्धि खनाल, सविता अर्याल, रशमी अर्याल, दिपशिखा थापा, दिक्षा तामाङ, रसिया भण्डारी, र कृतिका गुरुङ, मुदुप तामाङ लगायतले नृत्य गरेका छन् । यस गीतले पश्चिम नेपालको मौलिक सांस्कृतिक रुपमा परिचित रोईला लोक भाकालाई फरक शैलीमा चिनाउने प्रयास गरेको छ ।

https://youtu.be/QwO7Gywa0tI