भुलेर पनि नफ्याक्नुहोस् चामलको पानी, कब्जियतदेखी अनुहारको डण्डीफोरको समस्या समाधान

४ माघ २०७६, शनिबार १६:३५

एजेन्सी , खाना पकाउनु अघि हामिले चामललाई राम्रोसंग पखाल्ने गर्छौं । चामल पखालेको पानी हामिले फ्याक्ने गर्छौं । तर हामिले चामल पखालेर फ्याक्ने गरेको पानी निकै उपयोगी छ ।

भारतीय नेशनल इन्स्टिच्यूट अफ आयुर्वेदका डा। ओ।पी। दाधीचले चामलको पानी मानव स्वास्थ्यका लागि फाइदाजनक हुने बताएका छन् । चामलको पानीमा प्रशस्त कार्बोहाइड्रेड र अमिनो एसिड पाइन्छ। यसले हाम्रो शरिरलाई उर्जा प्रदान गर्छ । पेट पोलिने समस्या छ भने यो पानी पिएमा ठिक हुन्छ ।

अनुहारमा डण्डीफोर, दाग धब्बा आएको छ भने चामलको पानीले मुख धोएमा राम्रो हुन्छ। यसको सेबनले छाला सफा र चम्किलो राख्छ । यसको सेबनले शरिरमा पानीको कमी हुन दिँदैन । चामलको पानीले सुत्नुअघि आँखाको वरीपरी लगाएमा आँखामा चमक आउछ । (क्यानाडानेपालबाट)