
इलाम , प्रहरीले सूर्योदय नगरपालिका ९ रम्फोकमा गोरु काटेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुमा नगरपालिकाको वडानम्बर ९ रम्फोकका ३८ वर्षीय निमा तामाङ र वडानम्बर ५ स्थायि घर भई हाल रम्फोक बस्दै आएका ३८ वर्षीय पेमा तामाङ रहेका छन ।
गाँउमा गोरु काटिरहेको भन्ने गोप्य सुचनाका आधारमा फिक्कल प्रहरी चौकीबाट खटिएको टोलिले उनीहरुलाई गोरु काटिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालयका अनुसार पक्राउपछि उनीहरुमाथि अनुसन्धान जारी राखिएको जानकारी दिनुभयो ।
