कञ्चनपुरमा धमाधम छाउगोठ भत्काइँदै

२९ पुष २०७६, मंगलवार ११:५७


कञ्चनपुर , सोमबारदेखि शुक्लाफाँटा नगरपालिकाले सञ्चालनमा ल्याइएको अभियानको पहिलो दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नम्बर ४ आशापुरबाट अभियान शुरुआत गर्दै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने जानकारी दिनुभयो । अभियानमा कालिका युवा क्लबमा आवद्ध युवाको अभियानमा सहभागिता रहेको थियो ।