अप्रेसनपछि रगत बगेमा माछाको तेल हुन्छ लाभदायक

२९ पुष २०७६, मंगलवार ११:३७


काठमाडौ , माछा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । माछा जतिकै फाइदाजनक यसको तेल पनि हुन्छ । माछाको तेलमा ओमेगा ३ फैटी एसिड, भिटामिन, खनिज, प्रोटिन, अल्फा लिनोलेनिक एसिड र गामा लिनोलेनिक एसिड पाइन्छ जो मानव स्वास्थ्यका लागि उपयोगी हुन्छ । माछाको तेल खानाले मुटुको रोग, हाइपरटेन्सन, मृगौला रोग, डिप्रेसन, मधुमेह, पेटको अल्सर, आँखाको सुखापन जस्ता समस्याका साथै सर्जरी गर्दा रगत निस्केमा कम गर्छ ।
हालै गरिएको अध्ययनले सर्जरी गर्दा ब्लिडिङ भएमा माछाको तेलले समस्या समाधान गर्ने तथ्य पत्ता लगाएको हो । यसअघिसम्म सर्जरी गर्नुअघिसम्म माछाको तेल प्रयोग गर्न चिकित्सकले प्रतिबन्ध लगाउँदै आएका थिए । यो अध्ययनले माछाको तेल मुटुका रोगीका लागि अचुक औषधि हो । माछाको तेलमा पाइने ओमेगा ३ फैटी एसिडले रक्ताश्रावलाई नियन्त्रण गर्छ ।
१५१६ जनामा गरिएको थियो अध्ययन जसमा रगतमा हुने ओमेगा ३ ले उच्च मात्रा ईपीए र डीएचए मिलाएर अत्यधिक रक्ताश्राव हुनबाट जोगाउँछ । अध्ययनमा १५१६ जनालाई सामेल गरिएको थियो । उनीहरूको कार्डिएक सर्जरी हुँदै थियो । जसमध्ये आधालाई ओमेगा ३ एस खान दिइएको थियो भने आधालाई अन्य औषधि दिइएको थियो । जसलाई ओमेगा ३ दिइएको थियो उनीहरूलाई अप्रेसन गर्दा थोरै पिन्ट रगत आवश्यक प¥यो ।
कस्ता माछाबाट निकालिन्छ तेल रु
संसारमा हजारौं प्रजातिका माछा पाइन्छन् । जसमध्ये कुनै यस्ता माछा हुन्छन्, जसले आफूभित्र ओमेगा ३ फैटी एसिड उत्पादन गर्छन् । यस्ता माछामा साल्मन, ट्राउट, सारडाइन, टुना, हैलिवट मुख्य छन् ।
माछाको तेलको अन्य फाइदा
मुटुका लागि उपयोगी
माछाको तेलमा ओमेगा ३ फैटी एसिड पाइने भएकाले यसको उपभोगबाट ब्लड प्रेसर कन्ट्रोल गर्छ । असामान्य मुटुको धडकन हुने र मुटुका रोगीले माछा खानु राम्रो हुन्छ ।
हड्डी र जोर्नीलाई मजबुत बनाउँछ
माछाको तेलमा हुने भिटामिन डी ३ र क्याल्सियमले हड्डीलाई मजबुत बनाउँछ ।
मधुमेह हुनबाट रोक्छ
अध्ययनका अनुसार माछाको तेल खानाले टाइप २ मधुमेहको खतरा कम गर्छ । यदि यस्तो खालको मधुमेहबाट बच्ने हो भने हप्तामा दुई दिन माछाको तेल खानुहोस् ।
मानसिक स्वास्थ्य
माछाको तेल खानाले मानसिक रोग जस्तै चिन्ता, एन्जाइटी, डिप्रेसन, बेचैनी हटाउँछ ।
आँखाका लागि गुणी
माछाको तेल निरन्तर प्रयोग गरेमा आँखाको कोसिका तथा उत्तकोलाई फाइदा पुग्छ ।
मृगौलाका लागि उपयोगी
मृगौलामा प्रोटिनको मात्रा कम भएमा विभिन्न किसिमका रोगको खतरा रहन्छ । माछाको तेल खानाले प्रोटिनको मात्रा पूरा गरेर मृगौला रोग लाग्ने खतराबाट कम गर्न सक्छ ।
इम्युन सिस्टम मजबुत
माछाको तेलले शरीरमा रासायनिक यौगिक सक्रियता बढ्न पुग्छ । जसले इम्युन सिस्टम मजबुत बनाउँछ । यसले रुघाखोकी, फ्लु, ज्वरो जस्त समस्या हुन दिँदैन ।
क्यान्सरबाट बचाउँछ
अध्ययनका अनुसार माछाको तेल खानाले कोलन, प्रोस्टेट र स्तन क्यान्सरका जोखिम कम गर्छ । साथै, मांसपेशीको मजबुत बनाएर क्यान्सरको उपचारमा सक्रिय गराउँछ ।
अनुहारमा चमक ल्याउँछ
माछाको तेलले छालालाई नरम बनाउँछ । अनुहारमा देखिने पिंपल्सको समस्या हटाउँछ । छालालाई चाउरी पर्न दिँदैन । क्यानडानेपालबाट