
काठमाण्डौ,मंगलबार बिहानै सवारी दुर्घटनामा परी गायक निशान भट्टराइको निधन भएको छ ।
गायक भट्टराइको दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा तीनकुनेमा सवारी दुर्घटना भएको हो ।
प्रहरीका अनुसारमंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा तीनकुनेमा बिजुलीको पोलमा उनले चलाएको कार ठोक्किएको थियो ।उनी गायिका लोचन भट्टराइका भाइ हुन्
उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र बिहान ४ः ४५ मा उपचारको क्रममा उनको निधन भएको हो ।
उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । वरिष्ठ संगीतकार मिलन मोक्तानका अनुसार उनको पशुपती आर्यघाटमा आजै दिउँसो १ बजे अन्त्येष्टि गरिँदैछ ।
उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालक हुन् ।गजल गायकीका कारण निकै चर्चित भट्टराइ स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली गीत तथा गजल गाउँदै आइरहेका थिए ।
