
काठमाडौँ , नयाँ बानेश्वरबाट १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३१ स्थित एक घरमा जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
पक्राउ परेका १३ जनाको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
