तीन किलो नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

२५ पुष २०७६, शुक्रबार १३:०६

काठमाडौ‌ं, तीन किलोग्राम नक्कली सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजराती पक्राउ परेका हुन । प्रहरीका अनुसार गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।