
काठमाडौं , राष्ट्रियसभा निर्वाचनका लागि समाजवादी पार्टीले उम्मेदवारको टुंगो लगाएको छ। प्रदेश १, २ र पाँचमा गरेर समाजवादीले ६ जना उम्मेदवार उठाउने भएको हो। प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ। त्यस्तै प्रदेश २ मा रामप्रित पासवान र अनिरुद्रसिंह यादवलाई उम्मेदवार बनाउने निर्णय भएको समाजवादीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनु भयो । त्यस्तै प्रदेश ५ मा कृष्णप्रसाद यादव उम्मेदवार बनाएको छ। समाजवादीले राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेससँग तालमेल गरेको छ।
