कस्तो सपना देख्दा के फल प्राप्त हुन्छ ?

१८ पुष २०७६, शुक्रबार १०:११

तान्त्रिक डा नारायणदत्त श्रीमालीको “सुबोध स्वप्न ज्योतिष”मा कुन सपना देख्दा के फल पाइन्छ भनी उल्लेख गरिएको छ । त्यसमध्ये २० वटाको यहाँ चर्चा गरिएको छ ।

सपनामा
१ चामल देख्दा कसैसँगको शत्रुता समाप्त हुन्छ ।

२ पूजापाठ गरेको देख्दा समस्याको अन्त्य हुन्छ ।

३ बच्चा हिँडेको देख्दा कतै फँसेको धन फिर्ता पाइन्छ ।

४ खाटमा सुतेको देख्दा वैभव प्राप्ति हुन्छ ।

५ खुल्ला ढोका देख्दा कसैसँग मित्रता हुन्छ ।

६ बन्द ढोका देख्दा धनहानि हुन्छ ।

७ चश्मा लगाएको देख्दा ज्ञान बढ्छ ।

८ पुरी खाँदा प्रसन्न पार्ने समाचार पाइन्छ ।

९ माहुरी देख्दा मित्रहरूसँगको प्रेम बढ्छ ।

१० आफू उडेको देख्दा कुनै समस्याबाट छुटकारा पाइन्छ ।

११ गहनागुरिया देख्दा कुनै काम पूर्ण हुन्छ ।

१२ लाश देख्दा बिरामी निको हुन्छ ।

१३ चन्द्रमा देख्दा सम्मान पाइन्छ ।

१४ रातो फूल देख्दा भाग्य चम्किन्छ ।

१५ कुकुर देख्दा पुरानो साथीसँग भेट हुन्छ ।

१६ झरना देख्दा दुःखको अन्त्य हुन्छ ।

१७ इनारमा पानी देख्दा धनलाभ हुन्छ ।

१८ चन्दन देख्दा शुभ समाचार प्राप्त हुन्छ ।

१९ तासको पत्ती देख्दा समस्या बढ्छ ।

२० औंठी लाएको देख्दा सुन्दर स्त्रीसँग मित्रता हुन्छ ।