डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकको प्रवक्तामा नियुक्त

१७ पुष २०७६, बिहीबार १७:१४

काठमाडौं, नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त हुनु भएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी)का डा भट्टलाई पुष १६ गते बुधबारदेखि राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।

अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएका भट्ट अनुसन्धान विभागका कार्यकारी निर्देशक पनि हुनुहुन्छ । लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि बिदामा बसेपछि राष्ट्र बैंकले भट्टलाई नयाँ प्रवक्ता बनाएको हो ।