पार्टीले गरेको निर्णय मान्दिन भन्न मिल्दैनः देउवा

१६ पुष २०७६, बुधबार १७:३३

विराटनगर , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय मान्दिन भन्न नमिल्ने बताउनु भएको छ । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिले गरेको निर्णय लागू हुने बताउनु भयो ।

सभापति देउवाले पार्टीभित्र प्रजातान्त्रिक अभ्यासको प्रयोग गरेको पनि बताउनु भयो । फरक प्रसंगमा देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट पारित गर्नुको विकल्प नभएको बताउनु भयो ।