
एजेन्सी , बलिउडमा धेरैजसा नयाँ फिल्म र फोटोसुटका कारण चर्चामा आइरहने अभिनेत्री हुन् दिशा पाटनी । २०१५ मा तेलुगू फिल्म लोफरबाट आफ्नो फिल्मी करियर शुरु गरेकी दिशाले हालसम्म खेलेका फिल्महरु दर्शकले रुचाएका छन् ।

पछिल्लो समय फिल्म मलंगको सुटिङमा व्यस्त रहेकी उनले मंगलबार सामाजिक सञ्जाल इन्स्ट्राग्राममा केहि तस्वीर शेयर गरेकी छिन । उनले आफ्नो तस्बिर शेयर गर्दै आफ्ना फ्यानहरुलाई सन् २०२० को शुभकामना दिँएकी छिन् । उनी लेख्छिन् – ह्याप्पी न्यू इयर, सबैलाई भगवानले सबैको प्रेमपूर्वक आर्शीवाद दिऊन् । (क्यानाडानेपाल)

