आज काठमाडौंका यी रुटमा पाइने छैन् गाडी चलाउन

१६ पुष २०७६, बुधबार ११:०९

काठमाडौं , आज भ्रमण वर्षको पहिलो दिन हो । दिउँसो ४ बजे दशरथ रंगशालामा भब्य उद्घाटनको तयारी छ। राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नु हुने छ । उद्घाटन अघि विभिन्न स्थानबाट र्‍याली निकालेर रंगशाला सम्म जाने भएको हुनाले थापाथली, त्रीपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी नचलाउन ट्राफिक प्रहरीले विशेष आग्रह गरेको छ। साथै त्यसका लागि बैकल्पिक रुट प्रयोग गर्न पनि भनेको छ । त्यस्तै सबै सर्वसाधारणको लागि टुँडिखेलमा पार्किङको व्यवस्था समेत गरेको छ ।