यस्ता जटिल समस्या समाधानको लागी खानुहोस् दालचिनी

९ माघ २०७६, बिहीबार १४:३८

काठमाडौं , धेरैजसो सबैको भान्सामा सजिलै पाइने मसला हो दालचिनी । खानामा मिठास दिलाउँन सहयोग गर्ने दालचीनी हाम्रो शरिरलाई फाइदा गर्ने गर्छ । कसैले दालचीनी दिनहु खाने पनि गर्छन् । तरको यसको अत्याधिक सेवन पनि स्वास्थ्यलाई फाइदा गर्दैन ।

दालचिनी र महको सेवन गर्ने गरेमा कलेजोको क्यान्सर र हड्डी बढेको समस्या समाधान हुन्छ । यसका लागी एक गिलास तातो पानीमा एक चम्चा दालचिनीको धुलो र मह मिसाएर खाएमा ठिक हुन्छ । मोटोपनले हैरान हुनुहुन्छ भने पनि तातोपानीमा दालचिनी र मह मिसाई दिनहु खानु राम्रो हुन्छ ।

त्यस्तै जोर्नीको पीडा भएमा दिनदिनै एक गिलास तातो पानीमा दालचिनी मिसाएर खाएमा ठिक हुन्छ । तपाइलाई रुघाखोकी लागेमा एक चम्चा महसँग थोरै दालचिनी मिसाएर खाएमा ठिक हुन्छ । दालचीनीमा हुने सिनेमलडिहाइड नामक तत्त्व हुन्छ । यसको सेबनले श्वास फुल्ने समस्या कम गर्छ ।(क्यानाडानेपालबाट)