कालीको ठुम्का बजारमा (भिडियो)

२१ पुष २०७६, सोमबार १४:५२

काठमाडौं , गायक अजित घिमिरेले हालसालै आफ्नो नयाँ गीत कालीको ठुम्का बजारमा ल्याएका छन्। कार्टून क्रुज र भीमफेदी गाइजको बेजोड नृत्य रहेको सो गीतको संगीत तथा रचना पनि गायक स्वयम् घिमिरेले नै गरेका हुन्।

भिडियोको निर्देशन निर्मल लामाले गरेका हुन्। यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल आशमा विश्वकर्मालाई कालीको भूमिकामा देख्न सकिन्छ। आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामालगायत अन्य कलाकारले साथ दिएका छन्। गायक अजित घिमिरेले यसअघि आफ्नो पहिलो सांगीतिक एल्बम प्रस्तुति सार्वजनिक गरिसकेका छन्। भिडियो