कर्णालीका पाँच जिल्ला तीन दिनदेखि सञ्चारविहीन

८ माघ २०७६, बुधबार १६:४२

काठमाडौं , साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन्। तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन्।नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाका अनुसार कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको छ।