एनसेल टावरमा आगजनी

१३ माघ २०७६, सोमबार ११:२८
फाइल फोटो

पाल्पा , बगनासकाली गाउँपालिका–९ बगनास डाँडामा रहेको एनसेलको टावरमा आगजनी भएको छ। आइतबार राति करिब १० बजे आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनु भयो । आगजनीले टावरमा पूर्णरुपमा जलेर क्षति पुगेका छ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार आगजनीबाट जेनेरेटर, बिटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्स, केबल तारलगायतका सबै सामग्री जलेका छन्। आगजनी कसले र किन गर्‍यो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।