आज चर्चित अभिनेत्री गौरी मल्लको जन्मदिन

२ माघ २०७६, बिहीबार ११:०९


काठमाडौं ,आज नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गौरी मल्लको जन्मदिन परेको छ । आज माघ २ गते विहिवार परेको जन्मदिनमा उनलाई विहानैदेखी शुभकामनाको ओइरो लागेको छ । जन्मदिनमा उनकी छोरीले पनि सामाजिक सञ्जाल फेसबुकबाट शुभकामना दिएकी छिन् ।
चलचित्र सन्तान बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी गौरी मल्लले बसन्ती, मामाघर, खानदान, सिंहदरबार लगायत चलचित्रमा अभिनय गरेकी छिन् ।