विप्लव नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल पक्राउ

१२ पुष २०७६, शनिबार १३:२२

विराटनगर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा मेची–कोसी ब्यूरो इन्चार्ज उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ । शनिबार सुनसरीको बरोलाबाट सहयोगी सुमनसिंह पौडलसहित भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नेकपाका महत्त्वपूर्ण आन्तरिक कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।