
काठमाडौं, काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको गाडी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। ना १ क ३३८ नम्बरको गाडी तीनपिप्लेमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा चालक र सहचालक रहेको ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार रामकुमार थापाले जानकारी दिनु भयो । गाडी अनियन्त्रित भई ओरालोमा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
