
काठमाडौं, सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ३ लाख बेराजगार युवालाई न्यूनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ ।
चालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहमा पुसको अन्त्यसम्म छनोटमा परेका परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न लागेको हो ।
सरकारले महत्वका साथ अघि बढाएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा परियोजना सञ्चालन गरी बेराजगार उुवालाई एकसय दिनसम्मको रोजगारी दिन पुसको अन्त्यसम्ममा बजेट विनियोजन गर्ने तयारी सुरु भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले रोजगारी सिर्जनाका लागि श्रम मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आयोजना माग गरिएको बताए ।(आजको कारोबार दैनिकबाट)
