‘बागी ३’ मा अभिनेत्री दिशा पटानी

९ पुष २०७६, बुधबार १४:२८

एजेन्सी, बागी शृंखलाको तेस्रो चलचित्र ‘बागी ३’ मा अभिनेत्री दिशा पटानी भित्रिएकी छन् । चलचित्र निर्माता साजिद नाडियडवालाले निर्माण गरेका हुन ।

हाल छायांकन भइरहेको यस चलचित्रमा अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपुर मुख्य भूमिकामा रहेका छन् । यी दुवै जना पहिलो शृंखलाको चलचित्रमा पनि मुख्य कलाकार थिए ।

त्यस्तै, दोस्रो चलचित्रमा अभिनेत्री श्रद्धाको स्थानमा अर्की अभिनेत्री दिशा पटानी रहेकी थिइन् । यसैबीच अहिले छायांकन भइरहेको ‘बागी ३’ मा समेत दिशा रहेको खुलासा भएको छ । हालै चलचित्रका निर्माता साजिद ट्विटरमार्फत सो कुरा सार्वजनिक गरेका हुन् ।