
समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहनु भएका उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिनु भएको हो ।
यादवको यो राजीनामा पत्रसँगै सोही पार्टीका अर्का नेता तथा शहरी विकास मन्त्री इस्तायक राइनको पनि स्वतः राजीनामा हुने भएको छ । संसदीय दलका अध्यक्ष समेत रहेका यादवको नेतृत्वमा समाजवादी पार्टी सरकारमा गएको थियो ।
यस्तो छ राजीनामा पत्रः

