
काठमाडौँ , शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताउनु भएको छ ।
संघीयतामा शिक्षा स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती विषयक शिक्षा पत्रकार समूहले आयोजना गरेको अन्तर्क्रियामा शिक्षामन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।
विद्यालय शिक्षाको स्वामित्व स्थानीय सरकारलाई दिएर प्रदेश र संघीय सरकारले सहयोग गरेपछि मात्रै गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन सकिने उहाँले बताउनु भयो ।
मन्त्री पोखरेलले शिक्षकहरुको न्यूनतम प्रबन्ध नगरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन नसकिने बताउनु भयो ।
