
काठमाडौं , प्रहरीले ४ किलो २४५ ग्राम यार्सागुम्बा बरामद गरेको छ ।
युके ०४ टीबी १९६७ नम्बरको भारतीय गाडीमा फल्स बटम बनाइ लुकाएर ल्याउँदै गर्दा महानगरीय प्रहरी वृत्त थानकोटले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २ जना भारतीय नागरिक र एक जना नेपाली रहेको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
