लोकदोहोरी गायिका पुनको गीति कोसेली ‘बतासै सन्को’ को भिडियो सार्वजनिक

६ पुष २०७६, आईतवार १६:२७

काठमाडौं , लोकदोहोरी गायिका सम्झना पुनको गीति कोसेली ‘बतासै सन्को’ को भिडियो सार्वजनिक भएको छ । गायिका पुन र हरि डिसीको युगल आवाज रहेको गीतमा कलाकार कुमार सानु, वीरेन्द्र खड्का, सुनिता शर्मा, शर्मिला रायमाझी र मनु बलले सामूहिक आवाजमा साथ दिएका छन् ।

गायक हरि डिसीकै शब्द तथा संगीत रहेको गीतमा तिलक ओलीले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा मोडल सम्प्रिया खड्का र सोनाम तामाङले कम्मर मर्काउँदै ठुम्का लगाएका छन् ।

सञ्चारमर्की तथा कलाकार वीरेन्द्र ओलीले निर्देशन गरेको उक्त भिडियोलाई हरिश महराले छायांकन गरेका हुन् । नवीन घर्ती मगरले सम्पादन गरेको उक्त भिडियो गायिका सम्झना पुनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।