अध्यक्ष शाहीकी श्रीमती सकुशल, शाहीको अवस्था अझै अज्ञात

६ पुष २०७६, आईतवार १४:१८

दैलेख , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही सकुुशल भेटिएकी छिन्। वडा नम्बर १ का अध्यक्ष नर्तमबहादुर बुढाले अध्यक्षकी श्रीमती इला सकुशल आइतबार बिहान करिब नौ बजे भेटिएको जानकारी दिएका हुन्। अध्यक्ष शाहीलाई कालीकोटतर्फ लिएको अनुमान गरिएको छ।