
काठमाडौं , लोकप्रिय गायक राजेशपायल राईका साथमा चर्चित पूर्वेली लोकगीत ‘डाली घाँसैमा’ र ‘मै दुःखी चेली’ गीतबाट चर्चामा आएकी गायिका डेनी इम्सङ देवान नयाँ लोकगीत ‘साह्रै मिठो हर्पेको नौनी घ्यू, के मान्नु लाजसरम हाँसी बोलिदिऊँ’ को भिडियोसहित आएकी छन् ।
विमल खेवाछालीको शब्द तथा मनोज साङसोन राईको संगीत रहेको गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् । मणिराज देवानले निर्माण गरेको भिडियो गायिका डेनीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
