फेरि बढ्यो सुनको मूल्य

२ पुष २०७६, बुधबार १२:२७

काठमाडौं , यो साता सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ। मंगलबार प्रतितोला दुई सय रुपैयाँले बढेको सुन बुधबार एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बुधबार बढेर ७१ हजार ६ सयमा पुगेको छ ।

तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।