जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ

२७ मंसिर २०७६, शुक्रबार १५:०४

मकवानपुर , बिहीबार साँझ जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।बोल्न नसक्ने ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४५ वर्षीय जय बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
महिलाको घर नजिकै आँपको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।