
काठमाडौं , ‘मिस वर्ल्ड २०१९’ को मल्टिमिडिया अवार्ड नेपालकी अनुष्का श्रेष्ठले जितेकी छिन्। उनले मल्टिमिडिया अवार्ड जिते सँगै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भिडियो सेयर गर्दै सबैलाई धन्यवाद दिएकी छन् ।
लण्डनमा जारी मिस वर्ल्ड २०१९ मा केही दिन अघि मात्र उत्कृष्ट ४० मा पुग्न सफल भएकी उनले सर्वाधिक भोट पाएर ‘मल्टिमिडिया अवार्ड’ जितेकी हुन्।
