
हुम्ला , नाम्खा गाउँपालिका–५ स्थित पानी पाल्वाङमा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।हुम्लाको उत्तरी हिल्सा नाकाबाट याल्वाङतर्फ आउँदै गरेको बा ५ खा ५३४४ टिपर दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको हो ।
उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
