कृषकलाई उन्नत जातका बोका वितरण

२६ मंसिर २०७६, बिहीबार १३:१७

सुनसरी , इटहरी उपमहानगरपालिकामा कृषकहरुलाई उन्नत जातका वोयर बोका वितरण गरिएको छ। उपमहानगरपालिकाले बाख्रा पालक कृषकहरुलाई १४ वटा बोका वितरण गरेको हो ।
इटहरीका नगरप्रमुख द्धारिकालाल चौधरीले चितवनबाट ल्याइएको बोका वितरण गर्नुभयो । बोका करिब १० लाख लागतमा इटहरी ल्याइएको थियो । नगरप्रमुखका अनुसार इटहरीलाई मासुमा आत्मनिर्भर बनाउन उन्नत जातका बोका वितरण गरिएको हो ।