काठमाडौँ , नेपाल चलचित्र निर्देशक समाजमा अध्यक्ष पदको लागि निर्देशक शेखर खनालले उम्मेदवारी दिनुभएको छ । आगामी २८ गते हुने निर्वाचनको लागि उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
निर्वाचनमा नेपाली क्षेत्रका दिगज हस्तीहरू नेतृत्वको लागी मैदानमा उत्रीएका छन । कार्य दक्षता, निर्णय क्षमता र नेतृत्वक्षमता नभएका कारणले यस अघिका अध्यक्षका टिका टिप्पणी शुरू भैरहेको अवस्था छ । यस भीडमा पृथक कार्यक्रम र योजना अघि सारेर चलचित्र निर्देशक समाज वर्तमान का।बा महासचिव समेत रहनुभएका खनालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको हो ।
समाजमा कार्यसमिति सदस्य, सह(कोषाध्यक्ष, सचिव हुदै हाल का।बा। महासचिवको ज़िम्मेवारी निर्वाह गर्दै आउनु भएका उम्मेदवार खनाल नीकै पुराना चलचित्र निर्देशक हुनुहुन्छ । उहाँले २०५८ सालमा होचा(पुड्का मानिसहरूको कथा व्यथामा आधारित नेपाली कथानक चलचित्र सारथीको लेखनर निर्देशन गर्नुभएको हो । यता खनालले दर्जनौ राष्ट्रिय, अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्महरू निर्देशन गसिक्नुभएको छ । उहाँ चलचित्र निर्देशक मात्र नभएर चर्चित हास्य टेलिशृंखला झ्याईकुटी झ्याईका लेखकर निर्देशकर कलाकार समेत हुनुहुन्छ । उहाँ भुईकटहर उपनामबाट समेत दर्शकमाँझ परिचित रहनुभएको छ ।
नेपाल चलचित्र निर्देशक समाज र मेरो उम्मेदवारी
आदरणीय अग्रज तथा समकालिन चलचित्र निर्देशक ज्यू,
नेपाल चलचित्र निर्देशक समाजको संस्थागत विकास, आदरणीय अग्रज तथा समकालिन सदस्य ज्यूहरुको सामाजिक सुरक्षा र नेपाली चलचित्र उद्योगको व्यवसायीकरण आजको प्रमुख चुनौती हो । विधानतः संस्थाको उद्देश्य अनुरुपका कार्यक्रम संचालन गर्न, जीवनभर सिर्जनशिल कर्ममा समर्पित चलचित्र निर्देशक ज्यूहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न र चलचित्र क्षेत्रलाई व्यवसायीकरण तर्फ अग्रसर गराउने उद्देश्यले नेपाल चलचित्र निर्देशक समाजको आसन्न अधिवेशनमा म शेखर खनाल वर्तमान कार्य समिति सचिव० अध्यक्ष पदका लागी उम्मेदवारी घोषणा गर्दछु । उपयुक्त लागे मतदान गर्न समेत हार्दिक अपिल गर्दछु ।
मेरो सक्रियता यस अनुरुप रहने छ
लामो समय चलचित्र, वृत्तचित्र, टेलिभिजन कार्यक्रम उत्पादन, हाँस्य अभिनय, सामाजिक संस्था संचालन, नेपालमा पहिलो कृषक अवार्ड समारोह लगायतका विभिन्न अनुभव र सवै क्षेत्र र वर्गका व्यक्तित्वहरुसँगको सम्पर्कका आधारमा चलचित्र निर्देशक समाज र समाजका सदस्य ज्यू हरुको सम्मान र सुरक्षा नै मेरो प्रमुख प्राथमिकता रहने छ ।
१। संस्थाको विधान र सदस्य ज्यूहरुको सल्लाहमा संस्था संचालन गरी सवैलाई नेपाल चलचित्र समाजको सदस्य हुँ भन्न लायकको संस्थाको छवि निर्माण गर्ने छु ।
२ । चलचित्र क्षेत्रसँग सम्बन्धित सम्पूर्ण संंघ संस्थाहरुका लागि एउटै भवनमा कार्यालय रहने गरी एकिकृत भवन निर्माण गर्ने प्रतिवद्धता जनाउँछु ।
३ चलचित्र निर्देशक ज्यू हरुको सम्मान र सुरक्षा सँगै योगदानका आधारमा सामाजिक सुरक्षा भत्ता को थालनि गर्ने प्रतिवद्धता जनाउँछु ।
४ सिर्जनशिल निर्देशक ज्यू हरुको अध्ययन, अनुसन्धान, अन्तर सम्वाद र चलचित्र निर्माण सम्बन्धि छलफल, मिटिङ्ग गर्नका लागी सहज हुने गरी केन्द्रीय रुपमा अध्ययन, परामर्श र प्रयोगशाला गृह निर्माण गर्ने प्रतिवद्धता जनाउँछु ।
५ मुलक संघिय संरचनामा प्रवेश गरेको अवस्थालाई मध्य नजर गर्दै सिर्जनशिल चलचित्र लेखक निर्देशक लगायतका चलचित्रकर्मीहरुका लागी स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारसँग समन्वय गरी सानै प्रदेशमा चलचित्र अध्ययन तथा परामर्श केन्द्र निर्माण गरिने छ । जस्ले स्थानीय कला संस्कृतिको खोज तथा अन्वेशषण गर्ने छ । यसका साथै चलचित्र कर्मिहरुका लागी चलचित्र निर्माण सम्बन्धि सम्पूर्ण कार्य सम्पन्न गर्न सहज हुनेछ । अर्थात यो केन्द्र पूर्णतया आवाशिय रहनेछ । जँहा चलचित्र कर्मीहरु निर्धक्क आफ्नो कार्य सम्पन्न गर्न सक्नेछन् । प्रादेशिक चलचित्र अध्ययन तथा परामर्श केन्द्र निर्माण गर्ने प्रतिवद्धता जनाँउछु ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका चलचित्र सम्बन्धि गोष्ठी, कार्यशाला, प्रशिक्षण, महोत्सव, भ्रमण, अन्तरक्रिया, संस्थागत समन्वय वैंक तथा वित्तिय संस्थासँग समन्वय गरि चलिचित्र निर्देशक ज्यू, चलचित्र कर्मि ज्यू हरुको लागी अवसर सिर्जना गरिनेछ । चलचित्र निर्देशक ज्यूहरुको सम्मान र सुरक्षा नै प्रमुख ध्येय रहनेछ । त्यसका लागी यहाँहरुको सल्लाह, सुझाव र साथ प्रार्थनिय छ ।
शेखर खनाल
चलचित्र निर्देशक
अध्यक्ष पदका उमेद्धवार
सम्पर्कका लागी ९८५१०५३२६०
