
एजेन्सी , बलिउड अभिनेता शाहिद कपूरले आफूलाई दिने भनिएको अवार्ड रणवीर सिंहलाई दिएपछि कार्यक्रम बीचमै छोडेका छन् । उनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिने पक्का गरिएको थियो । एक अवार्ड कार्यक्रममा उनको फिल्म ‘कबीर सिंह’ ले अवार्ड पाउने तय भएको भए पनि अन्तिम सयममा ‘गली ब्वाई’ बाट रणवीर सिंहलाई अवार्ड दिइएको थियो ।
शाहिद कपूरले अवार्ड पाउने निश्चित भएको र उनले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती पनि दिने तयारीमा थिए । त्यसको लागि उनी तयारी पनि गरिरहेका थिए । तर, अन्तिम समयमा अवार्ड रणवीर सिंहलाई दिएपछि उनी रिसाएर प्रस्तुती समेत नदिई कार्यक्रम छोडेर गएको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।
