कञ्चनपुरमा हात्तीको आक्रमणः २ महिलाको ज्यान गयो ४ घाइते

२५ मंसिर २०७६, बुधबार १४:०४

कञ्चनपुर , महाकाली नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी दुई महिलाको ज्यान गएको छ ।र चारजना महिला घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्दका अनुसार मायापुरी सामुदायिक वनमा घाँस दाउरा गर्न गएका ५० वर्षीया भुलीदेवी बोहरा र ३८ वर्षीया वसन्ती भट्टको हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।
घाइते हुनेमा सोही ठाउँकी ललिता बोहरा, सुनिता विष्ट, उमा साउद र सरिता ओझा रहेका छन्। तिमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । अरु घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भैरहेको छ।