भरुवा बन्दुक बरामद

२५ मंसिर २०७६, बुधबार १२:२४

काठमाडौं , प्रहरीले बर्दियाको गुलरिया नगरपालिका १२ भवानी सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी गणेशपुरबाट खटिएको टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस्तै बैतडी, दशरथचन्द नगरपालिका २ ग्वाल्लेकस्थित ग्वाल्लेक जंगलको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा रहेको एक थान भरुवा बन्दुक बरामद भएको छ । प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।